ईटरी / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं. प्रदेश समितिको आयोजनामा महिलाको लागि एक दिवसीय ‘मल्टिमिडिया’ तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । मोबाईलबाट खिचिएका भिडियो तथा फोटोलाई छिटो छरितो तरिकाले दर्शक सम्म समाचारको माध्यम बनाएर लैजान सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । बदलिदो प्रविधि संगै मोवाइलबाट के कसरी भिडियो फोटोहरु खिच्ने र त्यसलाई कसरी सम्पादन गरेर समाचारको माध्याम बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षित गरिएको थियो ।

प्रदेश १ का विभिन्न जिललाका २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको उक्त तालिममा नेपाल पत्रकार महासंघका पूर्व संघीय सदस्य तथा पत्रकार भिषण राईले सहजिकरण गरेका थिए । पत्रकारिता जगतमा महिलाहरुको सहभागिता न्यून भएकोले महिलाहरुको सहभागितालाई सशक्त बनाउँन सबैले सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने नेपाल पत्रकार महासंघ प्रदेश १ की महासचिव हिमा कुुमारी चेम्जोङले बताइन् । तालिमसँगै रिपोर्टिङमा हुने असुरक्षित जस्ता विषयमा पनि उत्तिकै ध्यान दिनु पर्ने महासचि चेम्जोङको भनाई थियो ।

पहिलेको पुरानो युगलाई अहिलेको नयाँ प्रविधिको युगसँगै चल्न सकिए पत्रकारीता जगतमा नाम र दाम दुवै हुने सहभागिहरुले बताए । तालिम कार्यक्रममा समाजसेवी सिजन गुरुङ, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपाल आदिवासी जनाजाति राष्ट्रिय महिला महासंघकी अध्यक्ष माया राई लगायतले शुभकामना व्यक्त गरेका थिए । मोबाईलबाट विभिन्न ठाउँमा घटेका घट्ना र गाउँघरमा ओझेलमा परेका र पारिएका विषय बस्तुलाई समाचारको माध्यमद्रारा विश्वभर पुु¥याउन सकिने तालिममा आफुले सिकेको सहभागी शरु राईले बताईन् ।

तालिममा सहभागी पश्चात सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा विभिन्न जिल्लाका २५ जना महिला पत्रकार संगै केही पुरुष पत्रकारहरुले पनि सहभागीता जनाएका थिए । गमलामा पानी सिंििचत गरेर नेपाल पत्रकार महासंघ १ नं. प्रदेशकी महासचिव हिमाकुमारी चेम्जोङले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । फोनिज १ नं. प्रदेशको उपाध्यक्ष सुुप्रिय राईले कार्यक्रमको स्वागत् मन्तब्य राखेकी थिइन् ।

फोनिज १ नं. प्रदेशको अध्यक्ष विजय बोध लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रम फोनिज १ नं. प्रदेशको सचिव दिल बहादुुर राईले संचालन गरेका थिए । एक दिवसीय ‘मल्टिमिडिया’ तालिम कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं. प्रदेश र जिल्ला सुुनसरी (फोनिज) को संयुुक्त आयोजनामा सञ्चालन गरिएको थियो । तालिम कार्यक्रम ईटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । (फोनिज) १ नम्बर प्रदेश कार्यसमितिका उपाध्यक्ष सुप्रिय राई र (फोनिज)जिल्ला सुुनसरीका अध्यक्ष सुुनिल चौधारीले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।





















