धरान/ बुढासुब्बा गोल्डकपको तेस्रो दिनको खेलमा प्लानिङ ब्वाइज युनाईटेड काठमाडौँले एनआरटी क्लब काठमाडौँलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा शनिवारको  प्रतिस्पर्धात्मक खेलमा प्लानिङ ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेलमा प्लानिङ ब्वाइजले पहिलो हाफको ४३औँ मिनेटमा केबेले गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ४१ औँ मिनेटमा रोमन भुजेलको पासमा श्याम मुरमुरले गोल गर्दै अग्रता दोब्बर बनाए । बुढासुब्बा गोल्ड कप तीन पटकको विजेता एनआरटीले खेल अवधिभर पटक–पटक कर्नर अवसर पाए पनि गोलमा परिणत गर्न सकेन। पहिलो पटक ए–डिभिजन खेलिरहेको प्लानिङ ब्वाइजले उत्कृष्ट डिफेन्स प्रदर्शन गर्दै एनआरटीका आक्रमण प्रयासहरू विफल पार्न सफल भयो।

Buda Subba Add 2082 1

दर्शकको उत्साहपूर्ण समर्थन पाएको एनआरटीले आक्रामक खेल प्रस्तुत गरे पनि विपक्षीमाथि प्रभावकारी दबाब कायम गर्न सकेन। खेलको ‘म्यान अफ द म्याच’ प्लानिङ ब्याइजका खेलाडी योगेश धिमाल घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । बुढासुब्बा गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।् ।

प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौँ, झापा ११ झापा र धरान फुटबल क्लब धरान रहेका छन्। 

301237839-775165910202031-1577179248258595507-n-1