धरान / बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा लिग च्याम्पियन चर्च ब्वाइज काठमाण्डोै, नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा आईतवार भएको  प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजले जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेलमा चर्च ब्याइजका लागि खेलको सु?वाती १ औ मिनेटमा रिचार्ड वेलसनको पहिलो  गोल नै निर्णायक गोल बन्यो । नेपाल पुलिस क्लबले थुप्रै पटक फ्री कि र कर्नरको अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।  खेलभर नेपाल पुलिस टोलीका धेरै आक्रमण प्रयासहरू असफल हुँदा चर्च ब्याईजले सु?आती अग्रतालाई जोगाउँदै सेमिफाइनल यात्रा तय ग¥यो ।

Buda Subba Add 2082 1

दर्शकको उत्साहपूर्ण समर्थन पाएको नेपाल पुलिसले आक्रामक खेल प्रस्तुत गरे पनि विपक्षीमाथि प्रभावकारी दबाब कायम गर्न सकेन । खेलको ‘म्यान अफ द म्याच’ चर्च ब्याइजका खेलाडी रिचार्ड वेलसन घोषित भए। उनले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । बुढासुब्बा गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। । भोलि हुने खेलमा आयोजक धरान फुटबल क्लब धरान र लालीगुराँस एफसी पोखरा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

301237839-775165910202031-1577179248258595507-n-1