धरान / फागुुन २१ गतेु सुुनसरी १ का उम्मेदवर सूुर्य बहादुर भट्राई (मनोज)लाई मत हाल्न मतदाताहरु आतुुर देखिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भट्टराई घरदैलो कार्यक्रमलाई तीव्रता दिएका बेला मतदाताहरुले तपाईलाई जिताउन निर्वाचनको दिन गनेर बसीरहेकाछौं यो पालीको भोट तपाईलाई भनेपछि आफ्नो पक्षमा माहोल बनेको उम्मेदवार भट्राईले दावी गरेका छन् । 

भेटका क्रममा भट्टराईले सुनसरी १ का मतदाता “तारा” चुनाव चिन्हमा मतदान गर्न उत्साहित भएर निर्वाचनको दिन पर्खिरहेको आफूले महसुस गरेको बताए । “माहोल तारा चिन्हमा मतदान गर्ने पक्षमा छ,” उनले भने । घरदैलोका क्रममा मतदाताले आफ्ना प्रतिबद्धताबारे सोध्ने गरेको उनले बताए । उनका अनुसार विशेषगरी धरान क्षेत्रमा हाईटेन्सन लाइन व्यवस्थापन, सुकुम्बासी समस्या तथा तटबन्ध निर्माणका विषयहरू बढी उठ्ने गरेका छन् । स्थानीय बासिन्दाले दैनिक जीवनसँग जोडिएका समस्याको समाधान खोजिरहेको उनले उल्लेख गरे ।

301237839-775165910202031-1577179248258595507-n-1

धरानको खानेपानी समस्या आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताउँदै भट्टराईले दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए । “अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले खानेपानीको एजेण्डा नै बनाउन नपर्ने अवस्था सिर्जना गरिनेछ,” उनले भने । केन्द्रीय बजेटमार्फत धरानको खानेपानी समस्या स्थायी रूपमा समाधान गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

सरकार गठन आफ्नो पार्टीको नभए के हुन्छ भन्ने प्रश्नमा उनले सरकार जुनसुकै पार्टीको बने पनि खानेपानीका लागि बजेट सुनिश्चित गर्न सकिने बताए । उनका अनुसार विगतमा संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत व्यहोर्ने गरी अनुदानको व्यवस्था गरेको थियो । तर तत्कालीन धरान नगरप्रमुख हर्कराज राईले नगरलाई ऋणको भार पर्न सक्ने भन्दै सो बजेट स्वीकार नगरेको कारण समस्या समाधान हुन नसकेको उनले दाबी गरे ।

यसअघि कोशी नदीको पानी खानेपानीका रूपमा ल्याउने परियोजना अगाडि बढाइएको भए पनि तत्कालीन नगर नेतृत्व राईले आर्थिक दायित्वको विषय उठाउँदै असहमति जनाएका थिए । हाल उनी यही निर्वाचन क्षेत्रमा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । घरदैलो कार्यक्रममा सहभागी एक मतदाता साकिरले मनोज भट्टराई स्थानीय समस्या बुझ्ने उम्मेदवार भएको बताए । “उहाँ हाम्रो समस्या संसदमा उठाउन सक्ने व्यक्ति हुनुहुन्छ,” उनले भने ।

सुनसरी १ मा यसपटक १९ राजनीतिक दलका उम्मेदवार र ७ स्वतन्त्र उम्मेदवार गरी कुल २६ जनाले प्रतिस्पर्धा गदैछन् । सबै उम्मेदवारहरूले आ(आफ्नो जितको दाबी गरिरहे पनि अन्तिम निर्णय भने मतदाताले फागुन २१ गते सुुनसरी १ मा भट्राई मत दिने चिया पसलमा कुरा चल्न थालेको छ ।