धरान/मनोज भट्राई वडा अध्यक्ष रहँदा गरेका भैतिक विकासे कामको खुलेर प्रशांसा गदै असल नेतालाई भोट दिने स्थानीयहरुले अडान लिएको पाईएको छ । सुनसरी १ को ठूलो हिस्सा रहेको धरानका स्थानीय आवाजहरूलाई सुन्दा धरानमा विकास, सामाजिक सद्भाव र पूर्वाधार निर्माण मुख्य चुनावी एजेन्डा बन्ने देखिएको हो । विशेष गरी धरान उपमहानगरपालिकाका निवर्तमान मेयर (श्रम संस्कृति पार्टीका उम्मेदवार) हर्क साम्पाङको कार्यशैलीप्रति असन्तुष्टि र निवर्तमान वडाअध्यक्ष मनोज भट्टराई (नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार)को कामप्रतिको आकर्षण स्थानीयहरूमा प्रस्ट देखिएको छ ।

धरानमा प्रस्तावित विमानस्थलका लागि निवर्तमान मेयर हर्क साम्पाङद्वारा रोक्का गरिएको जग्गा फुकुवा भएपछि स्थानीयहरूले राहत महसुस गरेका छन् । जग्गा रोक्का हुँदा खानेपानी, बिजुली र अन्य व्यवसायिक गतिविधिमा अवरोध पुगेको स्थानीय हरिबहादुर बस्नेतले दुखेसो सुनाए । स्थानीयहरूले मनोज भट्टराई वडा अध्यक्ष र अन्य भूमिकामा रहँदा गरेका भौतिक विकासका कामहरूको खुलेर प्रशंसा गरेका छन् । सपूर्ण परिस्थितिमा सम्पन्न सर्दु पुल, ठूला ढलहरू र सडक विस्तारमा भट्टराईको योगदानलाई क्षेत्र नम्बर वासीहरुले मुख्य आधार मानेका छन् ।

301237839-775165910202031-1577179248258595507-n-1

स्थानीय हरिबहादुर बस्नेतले विमानस्थल बन्ने निश्चित नभएको ठाउँमा वषौ. ंसम्म जग्गा रोक्का गरेर स्थानीयलाई सास्ती दिइएको बताएका छन् । उनले भने निर्वतमान मेयर हर्क साम्पाङले विमानस्थल बनाउने भन्दै पानी र बत्ती नै बन्द गरिदिनुभयो । अहिले कार्यवहाक मेयर अईन्द्र बिक्रम बेघाले जग्गा फुकुवा गरिदिएपछि हामी खुसी छौं । अब हामी काम गर्ने मान्छेलाई भोट दिन्छौं । बस्नेतका अनुसार मनोज भट्टराईले धरान १७ मा पुल, ढल र सडक निर्माणमा देखाएको सक्रियता लोभलाग्दो छ । उनी भन्छन् मनोज भट्टराई नभएको भए सर्दुको पुल बन्ने नै थिएन । उहाँले टोल(टोलमा ढल र सडक र्पुयाउनु भएको छ ।’

त्यस्तैः अर्की स्थानीय बृद्ध महिला मनमाया दाहालले पनि सामाजिक सद्भाव बिथोल्ने खालका टिप्पणी गर्नेलाई भन्दा सबैलाई समेट्ने नेतृत्वलाई भोट दिने उनको अडान छ । जातीय विभेद र अपमानजनक टिप्पणी गर्ने नेतृत्वलाई स्वीकार्न नसकिने बताएकी छिन् । ‘अरुलाई होच्याउने मान्छे कसरी नेता हुन सक्छ ? उनले भनिन्, हामीलाई सबैलाई मिलाएर लैजाने र विकास गर्ने नेता चाहिएको छ । उनले मनोज भट्टराईले वडा अध्यक्ष हुँदा गरेका कामहरू सही भएकाले आफूहरू भट्टराईप्रति सकारात्मक रहेको स्पष्ट पादै यस पटकको भोट भट्राई लाई दिने समेत सुुनईन् । सुनसरी क्षेत्र नम्बर १ मा यसपटक १९ राजनीतिक दलका उम्मेदवार र ७ स्वतन्त्र उम्मेदवार गरी जम्मा २६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सबै उम्मेदवारहरूको अन्तिम निर्णय मतदाताले फागुन २१ गते विकास प्रेमी उम्मेदवारलाई मत दिएर स्पष्ट पानर््े छन् ।