धरान / धरान–१ स्थित होली गार्डेन एकेडेमीले विद्यार्थीहरूमा पुस्तक पढ्ने बानी विकास गराउने लक्ष्यसहित ‘द रिडर्स कफी हाउस’ कार्यक्रम शुुरु गरेको छ । मार्च १२ देखि १५, २०२६ सम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरूले पुस्तक वाचन, विचार आदान–प्रदान तथा वक्तृत्वकला प्रस्तुत गर्ने अवसर पाउने विद्यालयका प्रिन्सिपल राजेन्द्र गुुरुङले जानकारी दिए । 

1

पठन संस्कृति विकासको लेखन कार्यशाला अन्तरगत एकेडेमीले विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले ‘द रिडर्स कफी हाउस’ कार्यक्रम आयोजना गरेको हो । विद्यालय परिसरमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न पुस्तक पढेर त्यसपछि आफैले पुुस्तक तयार गरी आफ्नो धारणा प्रस्तुत गर्ने, छलफल गर्ने तथा सिर्जनात्मक अभिव्यक्ति दिने अवसर पाउनेछन्। ।

6

कार्यक्रमको मुख्य सन्देश A Reader today, a Leader tomorrow अर्थात् आजको पाठक भोलिको नेता रहेको आयोजकले जनाएको छ । विद्यालयका अनुसार यस्तो गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, सोच्ने क्षमता विकास गर्ने तथा पुस्तकप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

22

चार दिनसम्म चल्ने उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकको समेत सहभागिता रहने विद्यालयले जानकारी दिएको छ । विद्यालयले यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास लिएको छ । नवोदय ईनोभेशन सेन्टर संस्थाको सहयोगमा एकेडेमीले ‘द रिडर्स कफी हाउस’ कार्यक्रमको थालनी गरेको हो । यस संस्थाकी लिड परशिक्षिका अनुुपा थापाले एकेडेमीका शिक्षिका र विद्यार्थीहरुलाई लेखन र वाचन सम्बन्धी परशिक्षण दिएकी थिइन् ।

11

कार्यक्रमको पहिलो दिन शिक्षा सरोकारवालाहरु विभिन्न संघ सस्थाका प्रमुुख तथा प्रतिनिधिहरु,विभिन्न विद्यालयका शिक्षक शिक्षिका,अभिभावहरु, नवोदय ईनोभेशन सेन्टरका लिड परशिक्षिका अनुपम थापा संचारकर्मीहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

20

19

301237839-775165910202031-1577179248258595507-n-1