धरान / होली गार्डेन एकेडेमीका १ र ४ कक्षाका विद्यार्थीहरुले ‘द रिर्र्डस कफी हाउस’ कार्यक्रमको दोस्रो दिन आफैले तयार बनाएका पुुस्तकद्रारा अभिभावकको मन जितेका छन् । धरान–१ स्थित होली गार्डेन एकेडेमीले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई पुस्तक पढ्ने बानी विकास गराउने लक्ष्यसहित ‘द रिडर्स कफी हाउस’ कार्यक्रम मार्फत विद्यार्थीहरुले आफैले लेखेको कथा कविता अभिभावकलाई सुुनाएर खुशी बनाएका हुन् । मार्च १२ देखि १५, २०२६ सम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरूले पुस्तक वाचन, विचार आदान–प्रदान तथा वक्तृत्वकला प्रस्तुत गर्ने अवसर पाएको एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुुरुङले कार्यक्रममा बोल्ने क्रममा बताए । 

3

पठन संस्कृति विकासको लेखन कार्यशाला अन्तरगत एकेडेमीले विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले ‘द रिडर्स कफी हाउस’ कार्यक्रम आयोजना गरेको हो । विद्यालय परिसरमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न पुस्तक पढेर त्यसपछि आफैले पुुस्तक तयार गरी आफ्नो धारणा प्रस्तुत गर्ने, छलफल गर्ने तथा सिर्जनात्मक अभिव्यक्ति दिने अवसर पाएको पिन्सिपल गुुरुङले कार्यक्रमलाई सम्बोधन तथा अथितिलाई स्वागत् गदै उक्त कुरा बताएका हुुन् । कार्यक्रमको मुख्य सन्देश A Reader today, a Leader tomorrow  अर्थात् आजको पाठक भोलिको नेता बन्न सक्ने आयोजकले जनाएको छ । विद्यालयका अनुसार यस्तो गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, सोच्ने क्षमता विकास गर्ने तथा पुस्तकप्रति आकर्षण बढाउने अपेक्षाका साथ कार्यक्रमको थालनी गरिएको हो । 

31

चार दिनसम्म चल्ने उक्त कार्यक्रममा सहभागी भएका अभिभावकहरुले आफ्नो बालबालिकाको क्षमता देखेर विद्यालयले एकदमै राम्रो कामको शुुरुवात गरेको बताए । कार्यक्रममा पहिलो दिन भन्दा दोस्रो दिन अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । स्टेजमा आफ्ना स–साना बालबालिकाले आत्म विश्वासका साथ बोलेको देख्दा अभिभावकहरु नै चकित बनेका थिए । नानीहरुको प्रस्तुती देखेपछि अभिभावकहरुले कस्को नानी होला ठुला मान्छेले भन्दा पनि राम्रो बोल्यो भनेको साइडम कुराकानी गरेको सुुनिन्थ्यो । 

10

विद्यालयले यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास लिएको छ । नवोदय ईनोभेशन सेन्टरको प्राविधिक सहयोगमाA Reader today, a Leader tomorrow कार्यक्रम सुुनसरीमा होली गार्डेन एकेडेमीले थालनी गरेको हो । एकेडेमीका शिक्षिका र विद्यार्थीहरुलाई लेखन र वाचन सम्बन्धी सेन्टरकी लिड प्रशिक्षिका अनुुपा थापाले तालिम दिएकी थिइन् ।

19 1

कार्यक्रमको दोस्रो दिन पनि शिक्षा सरोकारवालाहरु विभिन्न संघ सस्थाका प्रमुुख तथा प्रतिनिधिहरु,विभिन्न विद्यालयका शिक्षक शिक्षिका,अभिभावकहरु संचारकर्मीहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

6 1

5

7

15