धरान / कक्षा ६ का विद्यार्थीहरुले ‘द रिडर्स कफी हाउस’ कार्यक्रमको तेस्रो दिन आफैले तयार बनाएका पुस्तक स्टेजमा उभिएर बाचन गरी अभिभावकलाई सुुनाएका छन् । Dharan l:yt Holy Garden Academy df …The Readers’ Coffee House’ कार्यक्रम आयोजना गरिएको छ । एकेडेमीले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई पुस्तक पढ्ने बानी विकास गराउने लक्ष्यसहित ‘द रिडर्स कफी हाउस’ कार्यक्रम मार्फत विद्यार्थीहरुले आफैले लेखेको कथा कविता अभिभावकलाई सुुनाएर खुशी बनाएका हुन् । मार्च १२ देखि १५, २०२६ सम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरूले पुस्तक वाचन, विचार आदान–प्रदान तथा वक्तृत्वकला प्रस्तुत गर्ने अवसर विद्यार्थीहरु पाएको एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुुरुङले कार्यक्रमलाई सम्बोधन गर्नेे क्रममा बताए । ‘विद्यार्थीहरुले परिक्षामा बढी माक्स ल्याएर पास हुुदैमा त्यो विद्यार्थी जान्ने भन्ने हुदैन आफुुले पढेका पुुस्तकमा भएका कुरा बुुझेर आफ्नो धारणा प्रस्तुत गर्न सक्ने, छलफल गर्ने तथा सिर्जनात्मक अभिव्यक्ति दिन सक्ने भएमा त्यो विद्यार्थी सफल बन्छ भन्ने विद्यालयको बुुझाई हो ’ पिन्सिपल गुुरुङले भने ।

पठन संस्कृति विकासको लेखन कार्यशाला अन्तरगत एकेडेमीले विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले ‘द रिडर्स कफी हाउस’ कार्यक्रम आयोजना गरेको हो । विद्यालय परिसरमा सञ्चालन भईरहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शिर्षकमा विद्यार्थीहरूले आफूले पढेका पुस्तकका अंश वाचन गर्दै त्यसबारे आफ्नो धारणा समेत प्रस्तुत गदै आएका छन् । पुस्तक पढेर त्यसपछि आफैले पुुस्तक तयार गरी धारणा प्रस्तुत गर्ने, छलफल गर्ने तथा सिर्जनात्मक अभिव्यक्ति दिने अवसर पाएको पिन्सिपल गुुरुङले जानकारी दिए । कार्यक्रमको मुख्य सन्देश “A Reader today, a Leader tomorrow”अर्थात् आजको पाठक भोलिको नेता बन्न सक्ने आयोजकले जनाएको छ । विद्यालयका अनुसार यस्तो गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, सोच्ने क्षमता विकास गर्ने तथा पुस्तकप्रति आकर्षण बढाउने अपेक्षाका साथ कार्यक्रमको थालनी गरिएको हो ।

चार दिनसम्म चल्ने उक्त कार्यक्रममा सहभागी भएका अभिभावकहरुले आफ्नो बालबालिकाको क्षमता देखेर विद्यालयले एकदमै राम्रो कामको शुुरुवात गरेको बताए । कार्यक्रममा पहिलो दिन दोस्रो दिन भन्दा तेस्रो दिन अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । स्टेजमा आफ्ना बालबालिकाले आत्म विश्वासका साथ बोलेको देख्दा अभिभावकहरु नै चकित बनेका थिए । नानीहरुको प्रस्तुती देखेपछि अभिभावकहरु एकदमै हषर््िात देखिन्थ्ये । नानीहरुले ठुला मान्छेले भन्दा पनि स्टेजमा राम्रो बोल्यो भनेको साइडमकुराकानी गरेको सुुनिन्थ्यो ।

विद्यालयले यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास लिएको छ । नवोदय ईनोभेशन सेन्टरको प्राविधिक सहयोगमा “A Reader today, a Leader tomorrow” कार्यक्रम सुुनसरीमा होली गार्डेन एकेडेमीले थालनी गरेको हो । एकेडेमीका शिक्षिका र विद्यार्थीहरुलाई लेखन र वाचन सम्बन्धी सेन्टरकी लिड प्रशिक्षिका अनुपमाथापाले तालिम दिएकी थिइन् ।

कार्यक्रमको तेस्रो दिन पनि शिक्षा सरोकारवालाहरु विभिन्न संघ सस्थाका प्रमुुख तथा प्रतिनिधिहरु,विभिन्न विद्यालयका शिक्षक शिक्षिका,अभिभावकहरु संचारकर्मीहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।























