धरान / धरानमा ४ दिन सम्म सफलता साथ संचालन भएको ‘द रिडर्स कफी हाउस’ कार्यक्रममा ३ सय ११ जना विद्यार्थीले आफैले लेखेका पुस्तक स्टेजमा उभिएर बाचन गरी अभिभावकलाई सुुनाएका छन् । म्जबचबल १ स्थित ज्यथि Dharan ! l:yt Holy Garden Academy df …The Readers’ Coffee House’ ४ दिन सम्म संचालन गरिएको कार्यक्रममा कक्षा १ देखि ७ सम्मका ३ सय ११ जना विद्यर्थीले पुुस्तक बाचन गरेका थिए । एकेडेमीले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई पुस्तक पढ्ने बानी विकास गराउने लक्ष्यसहित ‘द रिडर्स कफी हाउस’ कार्यक्रम मार्फत विद्यार्थीहरुले आफैले लेखेको पुुस्तकको कथा कविता स्टेजमा उभिएर अभिभावकलाई सुुनाएका हुुन् । मार्च १२ देखि १५, २०२६ सम्म …The Readers’ Coffee House’ कार्यक्रम सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले पुस्तक वाचन, विचार आदान–प्रदान तथा वक्तृत्वकला प्रस्तुत गर्ने अवसर पाएको एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुुरुङले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए । ‘विद्यार्थीहरुलाई हामीले किताबको ज्ञान बाहेक फरक ज्ञानको विकास होस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका हौं । हात्तीको दुुईवटा दाँत हुुुन्छ एउटा देखाउने र अर्को खाने दाँत यो त्यही हो । परिक्षा नजिक आईरहेको यो समय हामीले त्यतिकै यो कार्यक्रम गरीरहेका छैनौं, विद्यार्थीहरूले आफुुले वर्षभरी पढेको आधारमा पुस्तक लेखन र पढ्ने बानी संगै धेरै मानिसको अगाडी खुलेर बोल्न सकोस पुस्तकको पढाई संगै कथा कविता वाचन, विचार आदान–प्रदान तथा वक्तृत्वकला प्रस्तुत गर्न सक्ने बनाउने लक्ष्यले The Readers’ Coffee House’ कार्यक्रम गरेका हौं’। पिन्सिप गुरुङले थपे

पठन संस्कृति विकासको लेखन कार्यशाला अन्तरगत एकेडेमीले विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले ‘द रिडर्स कफी हाउस’ कार्यक्रम आयोजना गरेको हो । विद्यालय परिसरमा ४ दिन सम्म संचालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शिर्षकमा आफूले पढेका पुस्तकका अंश वाचन गर्दै त्यसबारे आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए । पुस्तक पढेर त्यसपछि आफैले पुुस्तक तयार गरी धारणा प्रस्तुत गर्ने, छलफल गर्ने तथा सिर्जनात्मक अभिव्यक्ति दिने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेको पिन्सिपल गुुरुङले जानकारी दिए । कार्यक्रमको मुख्य सन्देश “A Reader today, a Leader tomorrow” अर्थात् आजको पाठक भोलिको नेता बन्न सक्ने भन्ने रहेको थियो । यस्तो गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, सोच्ने क्षमता विकास गर्ने तथा पुस्तकप्रति आकर्षण बढाउने विद्यालयले अपेक्षा राखेको छ ।

विद्यार्थीरुले आफैले तयार बनाका पुुस्तक स्टेजमा बाचन गरेको देख्दा कार्यक्रममा सहभागी भएका अभिभावकहरु एकदमै हर्षित भएका थिए । बालबालिको कथा कविता वाचन, विचार आदान–प्रदान तथा वक्तृत्वकला प्रस्तुत गराई देखेर अभिभावकहरु विद्यालयप्रति सन्तुुष्टि भएको बताउदै थिए । उनीहरु भन्दै थिए, विद्यालयले यो चाहि काम एकदमै राम्रो गरेको रहेछ,घरमा नबोल्ने नानी यहाँ कति मज्जाले बोलेको कति राम्रो बोलेको कार्यक्रम पनि कति राम्रो संचालन गरेको नानीहरुले बुुक किनी माग्दा किनी दिनुु पर्ने रहेछ साइडमा यस्ता कुराकानी गरेको सुनिन्थ्यो ।

नवोदय ईनोभेशन सेन्टरको प्राविधिक सहयोगमा Holy Garden Academy n] “A Reader today, a Leader tomorrow” कार्यक्रम यसै वर्ष देखि शुरु गरेको छ । एकेडेमीका शिक्षिका र विद्यार्थीहरुलाई लेखन र वाचन सम्बन्धी सेन्टरकी लिड प्रशिक्षिका अनुुपमा थापाले तालिम दिएकी थिइन् । समापन कार्यक्रममा शिक्षा सरोकारवालाहरु विभिन्न संघ सस्थाका प्रमुुख तथा प्रतिनिधिहरु,विभिन्न विद्यालयका शिक्षक शिक्षिका,अभिभावकहरु संचारकर्मीहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


























