धरान / ऐतिहासिक तथा धार्मिक तीर्थस्थल पिण्डेश्वर रथोत्सवको तयारी पुरा भएको छ । धरान १४ स्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पिण्डेश्वर महादेवको मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव आयोजनाको लागि तयारी पूरा भएको हो । पिण्डेश्वर बाबाधाम समिति र श्री पिण्डेश्वर महादेव मन्दिरको आयोजनामा यही २०८२ चैत्र ५ गते भोलीबाट चैत्र १९ गतेसम्म विभिद धार्मिक कार्यक्रमहरु सहित रथोत्सवको आयोजन गरिएको छ । 

रुद्राक्षारण्य महात्म्यमा उल्लेख भएअनुसार पौराणिक र ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै यो महोत्सव आयोजना गर्न लागिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपलीले जानकारी दिएका छन् । उनका अनुसार रथोत्सव अवधिभर दैनिक रुद्री पूजा र भजन कीर्तनका साथै विशेष रथ यात्राहरू सञ्चालन हुनेछन् । 

301237839-775165910202031-1577179248258595507-n-1

रथयात्रा चैत्र ५ गते बिहीबार (भोली) देखि प्रारम्भ हुनेछ । भक्तजनहरूको विशेष सहभागिता रहने गरी दुई दिन विशेष रथ यात्राको रुट तय गरिएको अध्यक्ष बनेपालीले बताए । उनले रथ यात्रा दन्तकाली, पञ्चकन्या, बुढासुब्बा मन्दिर हुँदै पिण्डेश्वरमा पुगेर रहने बताए । त्यसैगरी उनका अनुसार चैत्र ५ गतेदेखि १९ गतेसम्म रुद्री पुजा विहान ९ बजेदेखि र साँझ भब्य भजनकिर्तन हुनेछ । 

१२, १३ र १४ गते बिशेष रथ यात्रा गरिने पिण्डेश्वर महादेव मन्दिरका मूल पुजारी गोकुल पोखरेलले बताए । उनका अनुसार बिहीबार दन्तकाली मन्दिर, धरान १४ बाट र चैत्र १३ गते शुक्रबार बुढासुब्बा मन्दिर, धरान १४ बाट पिण्डेश्वरसम्म विशेष रथा यात्रा र चैत्र १९ गते धरान बजार परिक्रमा गरी रथयात्राको विधिवत् समापन गरिनेछ ।

यस रथोत्सवलाई धरान उपमहानगरपालिका १४ नं. वडा कार्यालयले संरक्षण गरेको छ भने बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षण परिषद्, दन्तकाली मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका छन् ।