धरान / धराानमा दोस्रो पिण्डेश्वर रथायात्रा शुुरु गरिएको छ । पिण्डेश्वर मन्दिरको आयोजनामा पिण्डेश्वर मन्दिर देखि शुुरु भएको रथायात्रा दन्तकाली हुुदै विजयपुरको विभिन्न धार्मिक स्थानको परिक्रम गरी पुुनः पिण्डेश्वर परिसरमा पुगेर समापन गरिएको थियोे । धरानमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दोस्रो पिण्डेश्वर रथयात्रा उत्साहपूर्वक सम्पन्न भएको छ । पिण्डेश्वर मन्दिरको आयोजनामा निकालिएको रथयात्रामा सयौं श्रद्धालु, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

रथयात्रामा सहभागीहरू परम्परागत पहिरनमा सजिएर बाजागाजा, भजन–कीर्तनसहित धरानको शिर मानिने विजयपुुर परिक्रमा गरेका थिए । कार्यक्रममा सहभागीहरूले धार्मिक आस्था बढाउनुका साथै सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यले रथायात्रा कार्यक्रमको आयोजना गरिएको धरान १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्रराईले जानकारी दिए ।

वडाअध्यक्ष भट्रराईका अनुसार यस्ता कार्यक्रमले धार्मिक पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । रथयात्रा सफल बनाउन सुरक्षा व्यवस्थासमेत प्रभावकारी बनाइएको थियो ।


















