धरान / Dharan Ligament Residential School द्रारा एसईई -SEE) ब्याच २०८२ का विद्यार्थीहरूलाई सफलताको शुभकामना दिदै बिदाई गरेको छ । धरान–१६ भुमीपथमा अवस्थित Dharan Ligament Residential School मा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई लक्षित गर्दै Farewell & Best Wishes Ceremony आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

00 2

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले एसईई परीक्षा दिन लागेका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै अनुशासन, मेहनत र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेका थिए । विद्यार्थी जीवनको यो महत्वपूर्ण चरणमा सकारात्मक सोच र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिने विद्यालयका पिन्सिपल तेजमान लिम्बुले विद्यार्थीहरुलाई विदाइ गर्ने क्रममा बताए । 

5 1

बिदाइ कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अनुभवहरू साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक र सांगिगितिक प्रस्तुति पनि दिएका थिए । कार्यक्रम भावुक तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । विद्यालयलेGood bye are painful but the memories remain foreverÚभन्ने सन्देशसहित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गदै विदाइ गरेको छ ।æMay your wishes and journey be filled with fun and successÆ  भन्ने शुभकामना सन्देशमार्फत आगामी यात्रामा सफलताको कामना व्यक्त गदै कार्यक्रमको समापन गरिएको थियो ।

2

5 2

33

15 1

18

11 1

0

19 2

9 1