ईटहरी / बेकरी क्याफेमा लागेका आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ ।  सुनसरीको इटहरीस्थित धरान लाइनमा रहेको पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी प्रहरी र स्थानीयले नियन्त्रणमा ल्याएका छन् । ईटहरीबाट धरान तर्फ जाने रोडमा रहेको पूूर्वाचल क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि शुुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिइएको हो ।

301237839-775165910202031-1577179248258595507-n-1

जेन–जी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका दुवै दमकल आगजनीमा परेर नष्ट भएपछि अहिले नगरमा दमकल अभाव देखिएको छ । आन्दोलनपछि महानगरले दमकल व्यवस्थापन हुन नसकेको भन्दै स्थानीयवासीहरुले दुखेसो पोखेका थिए । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।