धरान / सुनसरीको धरान उप-महानगरपालिका वडा नं. ६, पानबारीमा मस्तिष्कघात -स्ट्रोक) सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । उक्त कार्यक्रम २०८२ चैत १४ गते शनिबार बिहान ८ः०० बजेदेखि वडा कार्यालय परिसरमा सञ्चालन गरिने भएको हो । शिविरमा विशेषगरी ४० वर्ष माथिका नागरिकहरूको, मधुमेह -डायबिटिज) तथा उच्च रक्तचाप -
HTN) का बिरामीहरू, रगतमा चिल्लोको मात्रा बढी -डिस्लिपिडेमिया) भएका व्यक्तिहरू तथा मस्तिष्कघात भइसकेका वा त्यस्ता लक्षण देखिएका व्यक्तिहरूलाई लक्षित गरी निःशुुल्क शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा मस्तिष्कघात सम्बन्धी विस्तृत सचेतना तथा जानकारी प्रदान गरिनुका साथै उच्च रक्तचाप र मधुमेहको निःशुल्क जाँच गरिनेछ । शिविरमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबाट न्युरो मेडिसिन, न्युरो-साइकियाट्री र जनरल मेडिसिन सेवा अन्तर्गत ओ.पि.डी. -OPD) परामर्श समेत उपलब्ध गराईने भएकोछ ।
यस शिविरमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान -BPKIHS) को स्ट्रोक टिमले प्राविधिक सहयोग प्रदान गर्नेछ । कार्यक्रमको आयोजना स्ट्रोक टिम-BPKIHS) र धरान उप-महानगरपालिका वडा नं. ६ ले संयुक्त रूपमा सञ्चालन गर्ने भएका छन् । आयोजकले लक्षित समूहका सबै व्यक्तिहरूलाई समयमै उपस्थित भई स्वास्थ्य सेवा लिन अनुरोध गरेको छ ।





















