धरान /चौथो गोर्खा टेलब्लेजरको तयारी पुरा भएको छ । विश्व युद्ध र विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा धरानमा आयोजना गरिंदै आएको गोर्खा ट्रेलब्लेजरको चौथो संस्करण चैत १४ गते हुनेे भएको हो । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालको आयोजनामा हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईका अनुसार, यो प्रतियोगिता विश्व शान्तिका लागि आफ्नो ज्यानको आहुति दिने वीर गोर्खालीहरूको सम्झनामा आयोजना गरिएको हो । धरानको पर्यटन प्रवद्र्धन, नागरिकहरूको स्वास्थ्य र खेलकुदको विकासमा टेवा पु¥याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

‘हामीले यो प्रतियोगितालाई केवल खेलको रूपमा मात्र नभई हाम्रा वीर पुर्खाहरूको सम्मान र धरानको पहिचानको रूपमा लिएका छौं ।’ ट्रष्टका सचिव भुपाल राईले भने । उनका अनुसार यस वर्षको प्रतियोगितामा करिब ६०० जना धावकहरूले सहभागिता जनाउने बताईएको छ । ९ किलोमिटर लामो यो दौड रत्न चोकबाट विहान ७ः३० बजेबाट शुुरु भई धरान २० नं. वडाको विष्णुपादुका भञ्ज्याङमा पुगेर समापन हुनेछ । कार्यक्रमको उद्घाटन धरान १८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई ९प्रविण०को आयोजनामा धरानका कार्यवहाक मेयर अईन्द्र बिक्रम बेघाद्वार समुद्घाटन गरिने ट्रष्टका अध्यक्ष राईले बताए । उनका अनुसार समापन भने वडा नं. २० का अध्यक्ष पदम बहादुर लिम्बुले गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष राईका अनुसार दौडको लागि सम्पूर्ण प्राविधिक व्यवस्थापनको लागि धरान रनको टिम खटिने भएको छ । स्यवसेविकाको भूमिका डिपो हाई स्कुलले गर्ने भएको छ । खानेपानी व्यवस्थापनको लागि तामाङ देधुङ संघले गर्ने भएको छ । ट्राफिक कार्यलय, ईलाका प्रहरी कार्यलयले सुरक्षा गर्ने भएको छ । विट्रिस लाहुरेहरूको बाक्लो बसोबास रहेको ऐतिहासिक पृष्ठभूमिका कारण रत्नचौकबाट दौड शुरु गर्नेे धरान १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई -प्रविण)ले जानकारी दिए ।




















