धरान / Holy Garden Academy  ले कक्षा ७ उत्र्तीर्ण गरी कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि (आमा–बुबा स्मृति छात्रवृत्ति कार्यक्रम)सार्वजनिक गरेको छ ।  विद्यालयले उत्कृष्ट (मेरिट) आधारमा छनोट गरिएका विद्यार्थीलाई आगामी तीन वर्षसम्म १०० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुुरुङले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो । शैक्षिक सत्र २०८३ का लागि कक्षा ८ मा भर्ना हुन चाहने उत्कृष्ट विद्यार्थीहरूका लागि (आमा–बुवा स्मृति छात्रवृत्ति कार्यक्रम) ल्याएको पिन्सिपल गुरुङले बताए । 

गुुरुङका अनुसार उक्त कार्यक्रम अन्तर्गत कक्षा ८ मा भर्ना हुन चाहने विद्यार्थीमध्ये उत्कृष्ट ५ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ । छात्रवृत्ति कक्षा १० सम्म -तीन वर्ष) कायम रहने पिन्सिपल गुुरुङले बताए । कार्यक्रममा सहभागी हुने इच्छुक विद्यार्थीले कक्षा ७ को वार्षिक/अन्तिम परीक्षामा कम्तीमा ८० प्रतिशत अंक वा ३.८ GPA हासिल गरेको हुनुपर्नेछ । साथै, प्रवेश परीक्षामा सहभागी हुनुपर्ने र भर्ना प्रक्रियाका क्रममा ग्रेडसिट अनिवार्य रूपमा पेश गर्नुपर्ने एकेडेमीका पिन्सिपल गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए । 

परीक्षा दिएर नतिजा पर्खिरहेका विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन् । छनौट प्रक्रिया २ चरणमा गरिने  भएको छ । पहिलो चरण यही चैत्र २६ गते र दोश्रो चरण बैशाख २ गते हुने एकेडेमीका पिन्सिपल गुुरुङले बताए । विद्यालय प्रशासनका अनुसार यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनमा अब्बल विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । आवेदन दिने इच्छुक विद्याथीहरुले विद्यालयको कार्यालय, धरान १ पृथ्वी पथ,Holy Garden Academy मा सम्पर्क गर्न सक्नेछन् । 

301237839-775165910202031-1577179248258595507-n-1