रान / सुुनसरीको धरानमा Blossom Montessori School ले आफ्नो वार्षिक कार्यक्रम तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । स्कूूलले शनिबार धरान स्थित सैनिक भवनको सभाहलमा वार्षिक उत्सब तथा दीक्षान्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा साना नानीहरू दीक्षान्त पोशाक (Graduation gown / cap) मा सजिएर सहभागिता भएका थिए । कार्यक्रमको मुुख्य आकर्षणका रूपमा कक्षा युकेजी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षान्त प्रदान गरिएको थियो ।

समारोहमा विद्यार्थीहरूले आकर्षक गायन नृत्य, तथा विविध सांस्कृतिक प्रस्तुुति प्रस्तुुत गर्दै अभिभावक तथा अतिथिहरूको मन जितेका थिए । कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयकी प्रिन्सिपल टिना -केसी)गुुरुङले बताईन् । “माया र हेरचाहका साथ बालबालिकाको भविष्य निर्माण” गर्ने विद्यालयको उद्देश्य अनुुरूप शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत प्रिन्सिपल गुुरुङले व्यक्त गरिन् ।

ब्लसम मन्टेश्वरीमा शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम रहेको छ । यस मन्टेश्वरीमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुद्धारा पठनपाठन गराईदै आएको छ जसले गर्दा सबैको मन जित्न सफल भएको प्रिन्सिपल गुुरुङले जानकारी दिइन् ।

























