ईटहरी / जीवनमा अनेकौं दुःख–कष्ट भोग्दै पनि हार नमानी संघर्ष गरिरहेकी एक साहसी आमा शकुुन्तला चौधारीकोे कथा यतिबेला उदाहरणीय बनेको छ । ईटहरी उपमहानगरपालिका वार्ड नं ७ मा बसोबास गर्ने शकुुन्तलाले श्रीमान् गुमाएपछि साना–साना नाबालक सन्तानको जिम्मेवारी एक्लै काँधमा बोकेकी उनी आज पनि दिनरात मेहेनत गरेर घरपरिवार चलाइरहेकी छिन्
आम्दानीको कुनै स्थायी स्रोत नभएको अवस्थामा उनले सडकमा पोलेको मकै बेच्ने सानो व्यवसाय शुुरु गरिन् । सडक छेउमै बसेर मकै पोल्दै बिक्री गर्ने उनको दैनिक पेशा बन्यो । शाकुुन्ताको मकै पोल्ने सानो व्यवसाय अहिले परिवारको मुख्य आम्दानीको आधार बनेको छ । कहिले अरूको घरमा मजदुरी, कहिले खेतबारीमा काम, त कहिले भारी बोकेर गुजारा चलाउँदै आएकी शकुुन्तला अहिले सडकमा मकै पोलेर बिक्री गर्ने व्यवसायमा निरन्तर लागिरहेकी छिन् ।

उनको मेहेनत र परिश्रम देखेर स्थानीय बासिन्दा समेत प्रभावित भएका छन् । æशकुुन्तलाको संघर्ष देख्दा जो कोही भावुक हुन्छ,Æ एक स्थानीयले भने, æएक्लो महिलाले यति ठूलो जिम्मेवारी सम्हाल्नु साँच्चै प्रेरणादायी कुरा हो ।Æ शकुुन्तलाले आफ्ना सन्तानलाई पालनपोषण मात्र नभई शिक्षा–दीक्षा पनि दिलाएकी छिन्् । सीमित स्रोतसाधनका बाबजुद उनले सन्तानको उज्ज्वल भविष्यका लागि कुनै कसर बाँकी राखेकी छैनन् । उनको मेहेनत र संघर्षले १० धुर जग्गा जोडेकी छन् र सानो घरसमेत निर्माण गरी जीवनलाई केही सहज बनाएकी छिन् ।
समाजमा यस्ता संघर्षशील महिलाहरूको कथा प्रेरणाको स्रोत बन्ने गरेको छ । कठिन परिस्थितिमा पनि हार नमानी निरन्तर अघि बढिरहेकी शकुन्तलाले आत्मनिर्भरता र साहसको ज्वलन्त उदाहरण प्रस्तुत गरेकी स्थानीय एक महिला रुविना चौधारी बताउँछिन् । शकुुन्तला साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ । मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि चैत्रको गर्मीमा असिनपसिन भएर मकै पोल्दै गरेकी शान्ताले मनले खाएको वा चिनेको कोही मानिस आए सित्तैमा पनि मकै दिने गरेकी छिन् ।
…प्रतिगोटा २० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक बिहान बेलुका छाक टार्ने आम्दानी भइरहेको छ ।Ú,उनले भनिन्। चर्को घाम लागोस् वा गर्जेर पानी परोस् त्यसले शकुुन्तलालाई कुनै प्रवाह हुँदैन् । तर सडकमा पोलेको मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको शान्ताले दुःखेसो गरिन् । पोलेको मकै जीवन निर्वाह गर्ने आधार भएको शकुुन्तलाको भनाई छ । पोलेको मकै बिक्री गर्नका लागि दाउरा खरिद गर्ने गरेको उनी बताउछिन् । …हरियो मकै किन्न अन्यत्र जानु पर्ने शकुुन्तलाले सुनाईन् ।
नेपाल सरकारका विभिन्न मन्त्रालयमार्फत गरिबी निवारणसम्बन्धी दुई दर्जनभन्दा बढी कार्यक्रम छन् । तर गरिबका नाममा सञ्चालित भनिएका ती कार्यक्रम लामो अवधिमा पनि उपलब्धिविहीन छन् । गरिबका नाममा टाठाबाठाको रजाइँ अत्य नभएकाले यो अवस्था रहिरहेको प्रस्टै छ । सरकार तथा दलहरूले सनातनी राजनीतिक किचलो पन्छाएर विकासमुखी एजेन्डालाई आत्मसात् नगरी गरिबको यथास्थिति फेरिँदैन, न त मुलुकको समृद्धि नै नजिक देखिन्छ । यो तथ्यलाई मनन गर्न अहिलेका युुवा सरकारलाई कति समय लाग्ने हो ? शकुुन्तला जता थुप्रै शकुुन्तलाहरु प्रतिक्षामा छन् ।




















