धरान / विद्यार्थीहरुमा खेलकुुदप्रति रुचि अभिबृद्धि गर्ने उदेश्यले होली ग्रोडेनद्रारा अन्तर हाउस फुटसल प्रतियोगिता शुुरु गरिएको छ । सुनसरीको धरान १ पृथ्वी पथ स्थित होली गार्डेन एकेडेमीले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्न अन्तर–हाउस फुटसल प्रतियोगिता शुुरु गरेको हो । आइतबार गोरखा फुटसलमा आयोजित प्रतियोगिताको उद्घाटन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङले बल रेफ्रीलाई बल प्रदान गरी गर्नुभयो । “रोड टु फिफा वल्र्ड कप–२०२६” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामार्फत विद्यार्थीको खेल प्रतिभा उजागर गर्ने लक्ष्य राखिएको स्कुलका प्रिन्सिपल गुरुङले बताए ।
सन् २०२६ को फिफा विश्वकपप्रति विद्यार्थीको उत्साह जगाउने उद्देश्यसहित अन्तर–हाउस फुटसल प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल गुरुङले जानकारी गराए । उक्त प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका १२ टिम सहभागी रहेका थिए् । प्रतियोगिताको फाइनल आउने आईतबार हुने कोशीपोष्ट डटकम संगको कुराकानीमा प्रिन्सिपल गुरुङले बताए । उद्घाटन कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व क्षमता विकासमा टेवा पु¥याउनेछ । विश्वकप फुटबलको माहोललाई विद्यालयस्तरमै विद्यार्थीहलाई अनुभव गराउने प्रयासस्वरूप प्रतियोगिता शुुरु गरिएको प्रिन्सिपल गुरुङको भनाई छ ।





















