धरान / पूर्वी नेपालकै प्रतिष्ठित शैक्षिक गन्तव्यको रूपमा प्राइम भिजन इन्टरनेशनल कलेज (Prime Vision International College) स्थापित हुुुदै गएको छ । सुनसरी जिल्लाको धरान–१२, चतरा लाइनमा अवस्थित प्राइम भिजन इन्टरनेशनल कलेज (Prime Vision International College) ले समयसापेक्ष एवं अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक कोर्षहरू अध्यापन गराएर शैक्षिक क्षेत्रमा अघि बढेको हो ।
“सफलताको लागि शिक्षा“ (Education for Success) भन्ने मुल नाराका साथ अघि बढेको यस कलेजले विद्यार्थीहरूलाई घोकन्ते विद्यामा मात्र सीमित नराखी प्लस टु (+२) को पढाइसँगै रोजगारीमूलक प्राविधिक कोर्षहरू समेत उपलब्ध गराउन थालेको छ ।

विशेष आकर्षणः ’कम्बो कोर्ष’ मार्फत बहुआयामिक शिक्षा
कलेज प्रशासनका अनुसार अब विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको +२ को अध्ययन गर्ने क्रममै होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि (iT) का अन्तर्राष्ट्रिय डिप्लोमा कोर्षहरू एकैसाथ (-Combo Courses) पूरा गर्न सक्नेछन् । जस अन्तर्गत निम्न विकल्पहरू उपलब्ध छन् ।
+२ with ADHM (एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट)
+२ with ADIT (डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट)
+२ with ADIT (एडभान्स डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी)
यसका साथै सूचना प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरुका लागि कलेजलेDCIT -Diploma in Computing & IT) र विभिन्न अल्पकालीन आईटी कोर्षहरू (क्जयचत त्भचm क्ष्त् ऋयगचकभक) समेत सञ्चालन गरिरहेको छ ।
विश्वका १२ भन्दा बढी देशमा ’डाइरेक्ट क्रेडिट ट्रान्सफर’ को सुविधा
हस्पिटालिटी र आईटी विधामा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यस कलेजको पढाइ विशेष कोसेढुङ्गा सावित हुने देखिएको छ । यस कलेजको सबैभन्दा ठूलो सबल पक्ष भनेको यहाँको अध्ययनले विश्व बजारको ढोका खोल्नु हो । यहाँबाट +२ सँगैADHM वा ADIT कोर्ष पूरा गर्ने विद्यार्थीहरूले नेपाल लगायत विश्वका प्रमुख देशहरु जस्तैः अमेरिका (USA), अस्ट्रेलिया, मलेसिया, बेलायत (UK), भारत, न्यूजील्याण्ड, साइप्रस, जापान, आयरल्याण्ड, हंगेरी, र स्विट्जरल्याण्ड जान पाउनेछन् । विश्वविद्यालयहरूमा स्नातक (Bachelors) तहको सिधै दोस्रो वर्षमा (Directly to अतथि तय २ Year) क्रेडिट ट्रान्सफर गरी आफ्नो उच्च शिक्षा र सुन्दर भविष्य सुनिश्चित गर्न सक्नेछन् । यसले विद्यार्थीको समय र पैसा दुवै बचत हुने कलेजको दाबी छ ।
दक्ष र बजार बिक्ने जनशक्ति उत्पादनमा जोड
कलेजको विशेष पोशाक र अनुशासित वातावरणमा सजिएका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति (तस्विरमा देखिए जस्तै) संस्थाको गुणस्तरलाई पुष्टि गर्छ । व्यावहारिक ज्ञान, प्रि–इन्टर्नसिप र व्यक्तित्व विकास (Grooming) लाई प्राथमिकता दिँदै कलेजले विद्यार्थीहरूलाई पढाइ सकिनासाथ सिधै रोजगार बजारमा बिक्न सक्ने सक्षम नागरिक बनाउने लक्ष्य लिएको छ ।
प्लस टु (NEB) अन्तर्गत होटल म्यानेजमेन्ट, हस्पिटालिटी म्यानेजमेन्ट, ट्राभल एण्ड माउन्टेनियरिङ, र कम्प्युटर विज्ञान जस्ता समयसापेक्ष विषयहरूमा नयाँ भर्ना खुला भईरहेकाले हुनाले इच्छुक विद्यार्थी तथा अभिभावकहरूले धरान–१२, चतरा लाइनमा अवस्थित प्राइम भिजन इन्टरनेशनल कलेजमा सिधै सम्पर्क गर्न सक्ने कलेज प्रशासनले जनाएको छ ।




















