धरान / होली गार्डेन एकेडेमीको अन्त–हाउस फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धरान –१ पृथ्वीचोकमा रहेको होली गार्डेनले विद्यार्थीहरुमा खेलकुुदप्रति रुचि अभिबृद्धि गर्ने उदेश्यले अन्तर हाउस फुटसल प्रतियोगिताको आयोजना गरेको हो । अन्तर–हाउस फुटसल प्रतियोगिता उत्साहपूर्ण वातावरणमा शनिबार सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेल प्रतिभा विकास, अनुशासन, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुुरुङले बताए । 

11

प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका छात्र–छात्राहरूले विभिन्न हाउसको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । खेलका क्रममा विद्यार्थीहरूले टिमवर्क, खेल भावना र प्रतिस्पर्धात्मक क्षमताको परिचय दिएका थिए । प्रतियोगिताको नतिजाअनुसार जुनियर छात्रा (कक्षा ४–६) तर्फ ग्रिन हाउस प्रथम, रेड हाउस द्वितीय तथा ब्लु हाउस तृतीय भएको छ । जुनियर छात्र (कक्षा ४–६) तर्फ ग्रिन हाउस प्रथम, येलो हाउस द्वितीय र रेड हाउस तृतीय बनेका छन् ।

03

त्यसैगरी सिनियर छात्र (कक्षा ७–९) तर्फ रेड हाउसले उपाधि जित्दै प्रथम स्थान हासिल गरेको छ भने ग्रिन हाउस द्वितीय र ब्लु हाउस तृतीय भएको छ । प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने टोलीका खेलाडीहरूलाई विद्यालयका प्रिन्सिपल गुुरुङले बधाई शुभकामना दिदै पदक तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र उत्साह देखिएको विद्यालय प्रशासनले जानककारी दिए । 

1

यस्तै, विद्यार्थीहरूको हौसला बढाउन शिक्षक तथा अभिभावकबीच मैत्रीपूर्ण फुटसल खेलसमेत आयोजना गरिएको थियो, जसमा अभिभावक टोली विजेता बनेको थियो । खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रिन्सिपल गुुरुङले जानकारी दिए ।

15

खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको प्रिन्सिपल गुुरुङले बताए । प्रतियोगिताले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको विद्यालय प्रशासनले विश्वास लिएको छ । उक्त प्रतियोगितामा विद्यार्थीहरूको खेल हेर्न अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

8

301237839-775165910202031-1577179248258595507-n-1